|

विराटनगर : मोरङको उर्लाबारीका प्रवीण बास्तोलाको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका दुई जनामध्ये एक जना पुर्पक्षका लागि कारागार चलान भएका छन्।

मोरङ जिल्ला अदालतले एक जनालाई पुर्पक्षका लागि कारागार चलान र अर्का एक जनालाई तीन लाख धरौटीमा छोड्ने आदेश दिएको हो। पक्राउ परेका मोरङका रतुवामाई नगरपालिका–१० का २९ वर्षीय निकेश शिवा भनिने मेहरमान दर्जीलाई पुर्पक्षका लागि कारागार अलान गरिएको छ।

अर्का  आरोपी उर्लाबारी–९ का ३४ वर्षीय कुमार राईलाई आदालतले तीन लाख धरौटीमा रिहा गर्न आदेश दिइएको अदालतका सुचना अधिकारी राजेन्द्र प्रसाद धमलाले जानकारी दिए। न्यायाधीश सुदर्शन लामिछानेको इजलासमा बिहीबार भएको थुनछेक बहसपछि उक्त आदेश दिएका हुन्।

सोही मुद्दाका प्रतिवादीहरू उर्लाबारी–६ का राजेश रणपहेली, सुदी परियार, दीपेश पौडेल र रमेश गिरी फरार छन्। उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय बास्तोलाको गत पुष ५ गते शंकास्पद अवस्थामा शव भेटिएको थियो। प्रहरीले प्रवीणको हत्या आरोपमा ६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। प्रवीणको हत्या भएको र दोषीलाई प्रहरीले सहजै उन्मुक्ती दिएको भन्दै मृतका आफन्त आइतबार देखि आन्दोलनमा छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.