|

म्याग्दी : म्याग्दीको बेनी नगरपालिका(४ फापरखेतमा जिप दुर्घटनामा एक जनाको ज्यान गएको छ।

मालिका गाउँपालिका–३ पात्लेबाट बिरामी लिएर बेनीतर्फ आउँदै गरेको ग१ज ६७८८ नम्बरको जिप बिहीबार राति सडकबाट म्याग्दी नदीमा खसेर दुर्घटना भएको हो।

सो दुर्घटनामा परेर मालिका–३ का ६२ वर्षीय गोविन्द रोकाको  ज्यान भएको  जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जानकारी दिए।  दुर्घटनामा गम्भीर घाइते भएको रोकाको बेनी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो।

उनका अनुसार रुखबाट लडेर घाइते भएका मालिका–१ निस्कोटका ३० वर्षीय नरबहादुर रोकालाई थप उपचारका लागि पोखरा लैजाँदै गरेको जिप दुर्घटना भएको हो।

जिप दुर्घटनामा परेर घाइते भएका मालिका–३ पात्लेका २९ वर्षीय रवीन्द्र रोका, २० वर्षीया रेजिना रोका र ३८ वर्षीय खगेन्द्र रोकाको बेनी अस्पतालमा उपचार भइरहेको राईले बताए। चालक बाहेक अरू सबै एकै परिवारका सदस्य रहेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.