|

काठमाडौं : मन्जुश्री फाइनान्सले डिजिटल क्युआर कोड भुक्तानी सेवा सुरु गरेको छ। आफ्ना बैंकिङ सेवाहरूलाई प्रभावकारी बनाउने उद्देश्यले फाइनान्सले फागुन १३ गतेबाट क्युआर कोड भुक्तानीको सेवा सुचारु गरेको हो।

यो सेवा सुरु भएपछि अबदेखि  ग्राहकहरूले आफ्नो मोबाइल बैकिङ एपबाट क्युआर स्क्यान गरी आफ्नो बचत खाताबाट बिना चेक नै  एक लाखसम्मको भुक्तानी लिन सक्नेछन्।

यसै सिलसिलामा मन्जुश्रीले पहिलो क्युआर कोड नयाँ बानेश्वरस्थित 'जय बाराही ट्रेडर्स' लाई प्रदान गरेको छ।

यस फाइनान्सले उच्चतम ब्याज दरमा निक्षेप तथा सुलभ दरमा कर्जा प्रवाहलगायत आफ्ना ग्राहकहरुलाई रेमिटान्स, मोबाइल बैंकिङ्ग, एटिम कार्ड लगायतका अन्य आधुनिक बैंकिङ्क सुविधा उपलव्ध उपलब्ध गराउँदै आएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.