|

हेटौंडा : जिल्ला प्रहरी कार्यालय मकवानपुरले ३ सय ७ केजी गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरीले पश्चिम मकवानपुरको मनहरी गाउँपालिकास्थित मनहरी चेकपोस्टबाट १६ बोरा गाँजासहित भारत मोतीहारी पूर्वी चम्पारण- ७ का अशोककुमार दुबेलाई पक्राउ गरेको हो।

मकवानपुरको सुनाचुरीबाट लोड गरिएको गाँजा र भारतीय डब्लु बी ११- ८५२४ नम्बरको गाडीसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी एसपी बसन्त लामाले बताए।

गएराति पक्राउ गरिएका उनलाई बिहीबार हेटौँडामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ। दुबेमाथि अनुसन्धान भइरहेको एसपी लामाले जानकारी दिए।

'थ्री नट थ्री' राइफल बरामद

प्रहरीले मकवानपुरको मकवानपुर गढी गाउँपालिका वडा नं ३ को जंगलबाट एक थान थ्री नट थ्री राइफल र त्यसको ६८ राउण्ड गोली बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक बेदप्रसाद गौतमको नेतृत्वमा खटिएको टोलीले जंगलमा बोरामा बाँधेर राखिएको अस्थामा सो परिणाममा गोलीसहित हतियार बरामद गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.