|

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिकामा ‘प्रथम त्रियुगा नगर खेलकुद महोत्सव २०७७’ हुने भएको छ। जिल्लामै पहिलो पटक फागुन २१ गतेदेखि २९ गतेसम्म प्रथम त्रियुगा नगर खेलकुद महोत्सव २०७७ हुने भएको हो।

‘खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादनमा हाम्रो अभियान’ भन्ने मुल नाराका साथ त्रियुगा नगर युवा तथा खेलकुद विकास समितिको आयोजना तथा सम्बन्धित प्रतियोगीताका संघको समन्वय तथा सहयोगमा महोत्सवको आयोजना हुन लागेको हो।

नगरका १६ वटै वडाबाट दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यले खेलकुद महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ। खेलकुद महोत्सवमा फुटबल, भलिबल, क्रिकेट, ब्याडमिन्टन, साइक्लिङ, कराते, बक्सिङ र तेक्वोन्दो प्रतियोगीता हुने त्रियुगा नगर युवा तथा खेलकुद विकास समितिका उपाध्यक्ष प्रबेश ठकुरीले जानकारी दिए। महोत्सव थरुहट रङ्गशालामा हुन छ। 

फुटबल प्रतियोगीता सोही रङ्गशालामा हुने छ भने भलिबल त्रियुगा नगरपालिका–१० बोक्से नयाँबस्ती मैदानमा, क्रिकेट पूर्व–पश्चिम पसपार्क छेउ, साइक्लिङ त्रिनपा–११ चप्पन जंगल ट्रयाक र कराते, बक्सिङ र तेक्वोन्दो प्रतियोगीता कबर्डहलमा हुने उपाध्यक्ष ठकुरीले बताए। प्रतियोगीतामा प्रथम, द्धितिय र उत्कृष्ट हुने खेलाडीलाई नगद, शिल्ड, ट्रफी र प्रमाण पत्रबाट सम्मान गरिने आयोजकले जनाएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.