|

धनकुटा : धनकुटामा नेकपा–प्रचण्ड नेपाल समूहको जिल्ला कमिटीको शपथ ग्रहण गरिएको छ।

पूर्वएमाले र पूर्वमाओवादीका एकता भई बनेको नेकपाको जिल्ला कमिटी अध्यक्षसहित केही सदस्य ओली समूहमा लागेपछि खाली भएको संख्या पदपूर्ति गरी शपथ गराइएको हो।  

पार्टी एकतापछि बनेका अध्यक्ष राजेन्द्र राई ओली समूहमा लागेपछि प्रचण्ड नेपाल समूहको केन्द्रिय कमिटीले धनकुटा अध्यक्षमा अध्यक्ष दुर्गा लिंखालाई चयन गरेको थियो।

त्यस्तै पार्टी एकतापछि बनेको १ सय ३७ सदस्यीय जिल्ला कमिटीमा ७४ जना मात्र प्रचण्ड नेपाल समूहमा रहेको बाँकी रहेको ६३ जनाको पदपूर्ति गरी शपथ गराइएको सचिव ढुंगानाले जानकारी दिए।

शुक्रबार नेकपा प्रचण्ड नेपाल समूहका धनकुटा अध्यक्ष लिंखासहित ६३ जनालाई नेकपा केन्द्रीय सदस्य तथा धनकुटा इन्चार्ज हेमराज भण्डारीले शपथ ग्रहण गराएका हुन्। 

यस्तै यो समूहले धनकुटाका सात वटै स्थानीय तहको अध्यक्ष सचिव पनि चयन गरेको छ। जसमा धनकुटा नगरपालिकाको अध्यक्ष खगेन्द्र विष्ट, सचिव सुजनभाई जोशी, चौविसे गाउँपालिकाको अध्यक्ष इन्द्र खत्री, सचिव बुदराज याखा, सहिदभूमि गाउँपालिका अध्यक्ष भीमलाल राई, सचिव गोपाल राई र पाख्रिबास नगरपालिकाको अध्यक्षमा शोवित निरौला, सचिब बलराम खड्का चयन भएका छन्। 

यस्तै साँगुरीगढी गाउँपालिका अध्यक्ष जगत राई, सचिव अनिल किराती, छथर जोरपाटी गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र कार्की, सचिव चेत राना मगर र महालक्ष्मी नगरपालिकामा अध्यक्ष प्रेम खड्का चयन भएका छन।

महालक्ष्मी नगरपालिकाको सचिव टुंग्याउने बाँकी रहेको धनकुटा सचिव ढुंगानाले जानकारी दिए। सो पार्टीले फागुन महिनाभित्रमा वडा तहसम्मका कमिटीलाई पूर्णता दिने निर्णय गरेको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.