|

कालिकोट : ‘समृद्धिको लागि पर्यटन सञ्चार अभियान’ भन्ने नाराका साथ कालिकोटका क्रियाशील पत्रकारहरुको एक भेलाले  पर्यटन पत्रकार संघ कालिकोट तदर्थ समिति गठन गरेको छ। आज बिहीबार कर्णालीको पर्यटनका क्षेत्रमा कलम चलाउने पत्रकारहरुको तदर्थ समिति गठन भएको हो।

भेलाले रमेश रावलको संयोजकत्वमा पर्यटन ९ सदस्यीय पत्रकार संघ तदर्थ समिति गठन गरेको हो। समितिका दिलीपकुमार शाही (रेडियो चंखेली) प्रेमराज सिम्खडा (राजधानी दैनिक) पुष्पराज भट्टराई (मालिका पोष्ट साप्ताहिक) लंकराज धमला (रेडियो नेपाली आवाज), साधना शाही (रेडियो मालिका), रमेश बोगटी (रेडियो मालिका) कर्ण कुमाल (रेडियो नेपाली आवाज) र भरत सुनार सदस्य रहेका छन्।

पर्यटन पत्रकार संघको भेलाले २०७४ साल वैशाख ५ गते जिल्ला सम्मेलन गर्ने निर्णय गरेको र कर्णालीका पर्यटकीय स्थलहरुको प्रचार–प्रसारमा विशेष रुपमा कलम चलाइने संघका संयोजक रमेश रावलले बताए। ‘कर्णाली क्षेत्रका कैयौं पर्यटकीय क्षेत्रहरु ओझेलमा परेका छन्।’ उनले भने, ‘त्यसको विकासका लागि विशेष रुपमा कलम चलाइनेछ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.