|

काठमाडौं : शहीद स्मारक बी डिभिजन लिग फुटबलमा आज पनि दुईवटा खेल हुँदैछन्।

सात दोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो सवा १२ बजे हुने पहिलो खेलमा पुल्चोक स्पोर्टस् क्लब र श्री भगवती क्लब भिड्दैछन्। अंक तालिकाको अन्तिम स्थानमा रहेको पुल्चोक क्लबले आफ्ना ६ खेलमध्ये एउटामा पनि जित निकाल्न सकेको छैन।

उसले एक खेल बराबरी गर्दै एक अंक जोडेको छ। श्री भगवती क्लबले भने ६ खेलबाट ५ अंक जोडेको छ। यस्तै सात दोबाटोमै हुने दोस्रो खेलमा दिउँसो साढे ३ बजे बाँसबारी क्लब र श्री कुमारी क्लबबीच प्रतिस्पर्धा हुनेछ।

बाँसबारी क्लब ६ खेलबाट १४ अंक जोडेर तेस्रो स्थानमा छ। श्री कुमारी क्लब ६ खेलबाट ६ अंक नै जोडेर आठौँ स्थानमा छ। हिजोको खेलमा मध्यपुर ठिमीले पहिलो जित दर्ता गरेको थियो।

उसले टुसाल क्लबविरुद्ध २-० गोलको जित निकालेको थियो। त्यस्तै, अर्को खेलमा सातदोबाटोले खुमलटारलाई ३-२ गोलले पराजित गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.