|

दमक : झापा लखनपुरका प्रजातन्त्र सेनानी पूर्णानन्द शर्मा दाहालले आफ्ना अनुभूति संगालेर ‘त्यागको परिणाम’ कृति प्रकाशन गरेका छन्। नेपालको प्रजातान्त्रिक आन्दोलनमा ६ दशक लामो समय बिताइसकेका शर्माले आफ्नो अनुभूति संगालेर कृति प्रकाशन गरेका हुन्।

८१ वर्षीय दाहालले कृतिमा बाल्यकालदेखि हालसम्मको जीवनी, भोगाइलाई चित्रण गरेर कृति प्रकाशित गरेका हुन्। कृति प्रकाशितबारे बिहीबार दाहालले पत्रकार सम्मेलन गर्दै जानकारी दिए।

प्रकाशित कृति आफ्नो जीवनको चित्रण भएको तथा पछिल्लो राजनीतिक अवस्थालाई समेत उजागर गर्ने प्रयास गरिएको दाहालले बताए। कृति संस्मरणात्मकसँगै आफूले देखेको नेपाली समाजको विभिन्न पक्षलाई समेट्ने प्रयास गरेको लेखक दाहालले बताए। उनले कांग्रेसको राजनीति भविष्यलाई पनि कृतिमा उल्लेख गरेको बताए।

सामाजिक तथा राजनीतिक क्षेत्रमा जिल्लाका अग्रज दाहालले लेखेको ‘त्यागको परिणाम’ नामकको कृतिको ५ चैतमा  लोकार्पण गरिने तयारी गरिएको छ। बिपी चिन्तन प्रतिष्ठानले एक कार्यक्रम गरी कृतिकार दाहालको पुस्तकको पूर्वमन्त्री केबी गुरुङ र साहित्यकारद्वय डाक्टर गोविन्द भट्टराई र डा. तुलसी भट्टराईले लोकार्पण गर्ने कार्यक्रम रहेको छ। लेखक दाहाल कांग्रेसका पूर्वजिल्ला सभापतिसमेत हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.