|

नेपालगन्ज : अन्‍चल प्रहरी कार्यालय भेरीले अवैध २० लाख भारतीय र ७ लाख नेपाली रुपैयाँ सहित ४ जनालाई पक्राउ गरेको जानकारी दिएको छ। भारतीय रुपैयाँको कारोबार गरेको अभियोगमा प्रहरीले राजेश कुम्हार र सन्तोष रायलाई धम्बोझीबाट पक्राउ गरेको हो। 

उनीहरुलाई अवैध भारतीय रुपैयाँसहित पक्राउ गरिएको अंचल प्रहरी कार्यालय भेरीका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक महेश विक्रम शाहले जानकारी दिए। पसलमा छापा मारेर रुपैयाँ बरामद गरिएको उनले बताए।

उनले नेपाली रुपैयाँ लिएर भारतीय नोट साट्न जाने २ जनालाई समेत नियन्त्रणमा लिएको बताए। नेपालगन्जको घरबारी टोलबाट नेपाली रुपैयाँ लिएर भारतीय नोट साट्ने २ जनाको नाम केहिबेरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने एसएसपी शाहले बताए।

अवैध भारतीय रुपैयाँको कारोवार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गर्न सफल भएको उनले बताए। पक्राउ परेकाहरुबाट नेपालगन्जमा हुने अवैध भारतीय रुपैयाँको कारोबारको संजाल पत्ता लाग्ने शाहले बताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.