|

काठमाडाैं : ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले सेभिल्लालाई उसकै मैदानमा हराएको छ। आफ्नो २५ औं खेलमा बार्सिलोनाले सेभिल्लामाथि २–० को सहज जित निकालेको हो।

उसका लागि पहिलो हाफमा उस्मान डेम्बेलेले पहिलो गोल गरे। खेलको २९ औं मिनेटमा कप्तान लियोनल मेस्सीको पासमा डेम्बलेले गोल गरेका थिए। पहिलो हाफमा १–० को अग्रता बनाएको बार्सिलोना त्यसपछि पनि बारम्बार गोल गर्नबाट चुकेको थियो। 

निर्धारित खेलअविधिको अन्तिम पाँच मिनेट बाँकी छँदा मेस्सीले वान भर्सेस वानमा सेभिल्लाका गोलकिपरलाई छक्काउँदै दोस्रो गोल गरेका थिए। यो सँगै मेस्सीको जारी सिजनमा सर्वाधिक १९ गोल पुगेको छ। 

जितसँगै बार्सिलोना तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। बार्सिलोनाभन्दा एक खेल कम खेलेको सेभिल्ला भने चाैथो स्थानमा छ। बार्सिलोनाले ५३ अंक छ बनाएको छ। त्यस्तै एक खेल कम खेलेको रियल मड्रिडको भने ५२ अंक छ। 

लिगमा शीर्ष स्थानमा एट्लेटिको मड्रिड छ। उसको २३ खेलबाट ५५ अंक छ।  

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.