काठमाडौं : नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)ले नेपालमा पत्रकारिताको अध्यापन थालनी गराउने लालध्वज देउसा राईलाई ५१ हजार १११ रुपैयाँ राशिको 'पत्रकारिता दीर्घसेवा पुरस्कार' प्रदान गर्ने भएको छ।
भारतको कलकत्ता विश्वविद्यालयबाट पत्रकारितामा उच्च शिक्षा हासिल गरेपछि २०२२ सालमा नेपाल प्रवेश गरी पत्रकारिता गरेका उनले २०३३ सालदेखि त्रिभुवन विश्वविद्यालयअन्तर्गत रत्नराज्यलक्ष्मी क्याम्पसमा पहिलोपटक पत्रकारिता अध्यापन सुरु गरेका हुन्।
प्राध्यापक राई झण्डै आधा शताब्दी पत्रकारिता विषयको प्राध्यापनमा संलग्न रहँदै आएका छन्। नेपाली पत्रकारिताको इतिहासमा एउटा कोशेढुंगा बनेका राईलाई पुरस्कृत गर्न पाउँदा इञ्जाले गौरव महसुस गरेको बताएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।