|

काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य रु ५०० ले ओरालो लागेको छ। अघिल्लो साता पनि ओरालो लागेको सुन आज साताको पहिलो दिन नै तोलामा रु ५०० ले घटेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला ८८ हजार ३०० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ। शुक्रबार छापावाला सुन तोलामा रु ८८ हजार ८०० मा कारोवार भएको थियो। 

यस्तै तेजाबी सुन तोलामा रु ८७ हजार ८५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ। शुक्रबार तेजाबी सुन तोलामा रु ८८ हजार ३५० मा कारोवार भएको थियो। 

यस्तै चाँदी आज तोलामा रु १० ले घटेको छ। शुक्रबार तोलामा रु एक हजार ३३५ मा कारोवार भएको चाँदी आज भने रु एक हजार ३२५ मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.