काठमाडौं : बालाजुमा जनताको घर गैरकानुनी रूपमा भत्काएर सूचना केन्द्र निर्माण गर्न खोजिएको र कमल पोखरीमा कंक्रिटको फूल फुलाउन खोजिएको विरोधमा नागरिक आन्दोलनले काठमाडौं महानगरपालिका कार्यालय घेराउ गरेको छ।
महानगरले बनाउन लागेको सूचना केन्द्रमा लगाइएको बार अभियन्ताहरूले भत्काएपछि फागुन १२ गते प्रहरीले ८ जना अभियन्तालाई पक्राउ गरेको थियो। उनीहरूलाई महानगरीय प्रहरी वृत्त बालाजुले पक्राउ गरी हिरासतमा राखेको हो।
उपत्यका विकास प्राधिकरणले गैरन्यायिक सडक विस्तार र जनता गरी यहाँका जनताको उठिवासको गरेको पनि उनीहरूले बताएका छन्। सरकारबाट सडक विस्तारको नाममा निजी घरहरूमा डोजर लगाउने, स्थानीयलाई उठीवास गर्ने काम भएको भन्दै विरोध जनाउँदै आएका छन्।
अभियन्ताहरूले लामो समयदेखि उक्त जग्गाबारे सर्वोच्च अदालतले स्टे अर्डर जारी गरेकाले महानगरपालिकाले तत्काल सूचना केन्द्र निर्माण गर्न नहुने बताउँदै आएका छन्। सर्वोच्चले पनि ०७३ सालमै उक्त जग्गामा कुनै पनि कार्य नगर्नु भन्ने आदेश जारी गरेको थियो।
यस्तै, ऐतिहासिक कमलपोखरी मासेर कंक्रिटको संरचना बनाएको भन्दै वृहत नागरिक आन्दोलनका अभियनताहरूले विरोध जनाउँदै आएका छन्।
शुक्रबार उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति,विभिन्न नेवा संगठन र सम्पदा अभियन्ताले कमलपोखरी पुनर्निर्माणका संरचना भत्काएका थिए।
केही तस्वीर झलक :
तपाईंको ईमेल गोप्य राखिनेछ ।