काठमाडौं : फिल्म 'घामपानी'को ट्रेलर सार्वजनिक भएको छ। केकी अधिकारी र दयाहाङ राई मुख्य भूमिकामा रहेको फिल्म ‘घामपानी’ लाई पत्रकार दिपेन्द्र लामाले निर्देशन गरेका हुन्। दिपेन्द्र यही मार्फत निर्देशकको रुपमा डेव्यु गर्दैछन्।
सार्वजनिक ट्रेलरले अन्तरजातीय प्रेम कथा बोल्छ। ट्रेलरमा दयाहाङ र केकीबीचको प्रेम देखाइएको छ। केकी बहुन समुदायकी युवतीको रुपमा देखिएकी छिन् भने दयाहाङ तामाङ समुदायको युवाको भुमिकामा देखिएका छन्।
फिल्म वैशाख १ गतेबाट प्रर्दशनमा आउदै छ।
हेर्नुहोस् यस्तो छ ट्रेलर :
तपाईंको ईमेल गोप्य राखिनेछ ।