काठमाडौं : नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्यमा क्रमिक सुधार हुन थालेको छ। शुक्रबार बिहान मष्तिष्कघात भई नर्भिक अस्पतालमा भर्ना भएका जोशीको आइसियूको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
शनिबारको तुलनामा आइतबार स्वास्थ्य अवस्था निकै सुधार देखिएको उपचारमा संलग्न न्यूरो सर्जन डा. राजीव झाले जानकारी दिए। झाका अनुसार शनिबार भन्दा आइतबार नेता जोशीले दाहिने हात र खुट्टा बढी चलाएको अस्पतालले जनाएको छ। जोशीलाई आइतबार बिहानदेखि नै बेहोस् पार्ने औषधि दिन छाडिएको अस्पतालले जानकारी दिएको छ।
जोशीको आँखा भने खोलेका छैनन्। आइतबार नै जोशीको सिटी स्क्यान पनि गरिएको छ। उनको टाउकोमा जमेको रगत र रक्तमिश्रित पानी समेत सफा भएको अस्पतालले जनाएको छ। ‘उहाँको अवस्था अझै खतरामुक्त भने छैन।’ डा. झाले भने,‘उहाँको अहिलेको अवस्थालाई जटिल, तर सुधारोन्मुख भन्नुपर्छ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।