काठमाडौं : प्रचण्ड–माधव समूहलाई सूचना चुहाएको भन्दै गृहमन्त्री रामबहादुर थापाले एक जना स्वकीय अधिकृतलाई पदबाट हटाएका छन्।
गोप्य सूचनाहरू प्रचण्ड–नेपाल समूहलाई चुहाएको आरोपमा थापाले स्वकीय अधिकृत बीरु तामाङलाई हटाएका थापाका प्रेस सल्लाहकार किरण भट्टराईले जानकारी दिए। माघ ३० गतेबाट लागू हुने गरी तामाङलाई हटाइएको उनले बताए।
पूर्वमाओवादी कोटाबाट गृहमन्त्री बनेका थापा केपी शर्मा ओली समूहमा लागेका छन्। तामाङमाथि ओली समूहका सूचना प्रचण्ड समक्ष पुर्याउँदै आएको आरोप छ। त्यस्तै उनले युवा संघको एकता भाँडेको पनि आरोप छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।