|

काठमाडौं : नेत्र विक्रम चन्द विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने अन्तिम तयारी भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्। 

गृह जिल्ला झापा पुगेका ओलीले विप्लव समूह वार्तामा आएको कार्यक्रम केही दिनभित्रै घरमै बसेर देख्न सकिने बताएका हुन्।

 उनले भने, ‘यो समूहको समस्याको पनि हामी छिट्टै वार्ताद्वारा समाधान गर्नेछौँ, तपाईंहरुले घरघरमा बसेर भव्य समस्या समाधानको कार्यक्रमम सम्भवतः छिट्टै टेलिभिजनबाट देख्नुहुनेछ।’

ओली नेतृत्वकै सरकारले दुई वर्षअघि विध्वंसात्मक गतिविधिमा संलग्न भएको भन्दै विप्लव नेकपामाथि प्रतिबन्ध लगाएको थियो। नेकपाका महासचिव विप्लवले पनि केही दिनअघि एक विज्ञप्ति जारी गर्दै आफूहरु सरकारसँगको वार्ताका लागि तयार रहेको बताएका थिए। 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विभाजन आएसँगै ओली नेतृत्वको सरकारले विप्लवसँग संवाद अघि बढाएको हो । संसद विघटनको निर्णय गरेर चाैतर्फी घेराबन्दी परेपछि सरकारले विप्लवको साथ खोजेको कतिपयको बुझाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.