|

काठमाडौं : मोरङमा एक युवकलाई बन्धक बनाइ १० लाख रुपैयाँ फिरौती मागेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

विराटनगर महानगरपालिका–१८ खोक्साका २३ वर्षीय युवकलाई बन्धक बनाइ १० लाख रुपैयाँ फिरौती मागेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सोही महानगरपालिका–१६ दरैयाका २० वर्षीय रोहित पण्डित, २१ वर्षीय अजय यादव र सोही महानगरपालिका–६ रामपुरका २८ वर्षीया सन्ध्या शर्मा छन्।

जिल्ला प्रहरी कार्यालयको टोलीले वडा नम्बर ६ रामपुरबाट पीडितलाई दुई घण्टाभित्रै सकुशल उद्दार गरेको जनाएको छ। रोहितलाई शनिबार बेलुका उनकै घरबाट, अजयलाई आइतबार बिहान सोही महानगरपालिका–१२ बखरीबाट र सन्ध्यालाई आइतबार बिहान सोही महानगरपालिका–१ पोखरियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।  

उनीहरूले पीडितलाई बन्धक बनाएर परिवारसँग १० लाख रुपैयाँ फिरौती समेत मागेको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूविरुद्ध अपहरण तथा शरीर बन्धक कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.