|

काठमाडौं : प्रहरीले काठमाडौंको कुलेश्वरस्थितबाट अवैध हुण्डी कारोबारमा संलग्न तीनजनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूबाट १८ लाख ७८ हजार रुपैयाँ बरामद गरिएको महानगरीय प्रहरी वृत्त  कालिमाटीले जनाएको छ।

पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका–१३ घर भई कान्तिपुर कोलोनीमा बस्ने ३७ वर्षीय नवराज कार्की, नुवाकोटको दुप्चेश्वर उँपालिका–६ घर भई तार्केश्वर नगरपालिका–१० बस्ने २४ वर्षीय सुमन थापा र भारतको बिहार घर भई कुलेश्वर बस्ने ५६ वर्षीय सत्यनारायण प्रसाद छन्।

कुलेश्वर फलफूल बजारमा हुण्डी कारोबार भइरहेको सूचनाको आधारमा कारोबार गरीरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको वृत्तका प्रहरी नायव उपरीक्षक अपीलराज बोहोराले जानकारी दिए। उनीहरूबारे थप अनुसन्धान भइरहेको बोहोराले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.