|

जुम्ला : वैदेशिक रोजगारीका लागि कतारमा रहेका जुम्लाका युवाले अग्नि पीडितलाई राहत  दिएका छन्। जुम्ली सेवा समाज दोहा कतारले तिला गाउँपालिका–७ का गत माघ १३ मा आगलागी भई विस्तापित भएका परिवारलाई आइतबार खाद्यन्न राहत उपलब्ध गराइएको हो।

गोठीगाउँका ३० घरधुरीका अग्नि पीडितलाई प्रतिव्यक्ति एक बोरा चामल, एक कम्लब, पाँच प्याकेट तेल र चक्की साबुन गरी प्रतिव्यक्ति तीन हजार ५०० गरी करिब १ लाख ५ हजार बराबरको राहत वितरण गरिएको छ। 

कतारमा बसीना बगाएर बसेका जुम्ली युवाहरुले आफ्नो खर्च कटाएर गोठीगाउँका अग्नि पीडितलाई पठाएको राहतको  प्रशासन, जनप्रतिनिधि तथा अग्नि पीडितहरुले प्रंशसा गरेका छन्। अग्नि पीडित पर्वलाल रोकायाले विदेशमा बसेर अग्नि पीडतको घाउमा मलम लगाउने जुम्ली सेवा समाज कतारले ठूलो मानवियता देखाएको बताए। आगलागी हुँदा घरसँगै अन्नपात सबै जलेर नष्ट भएको उनले बताए।

तिला गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया बुढाले विदेशमा श्रम गरेर पनि अग्नि पीडितको पीडामा मलम लगाउन सहयोग गर्ने जुम्ली सेवा समाज कतारप्र आभार व्यक्त गरिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.