|

विराटनगर : मोरङको उर्लाबारीका प्रवीन बास्तोलाको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका एक जना धरौटीमा छुटेका छन्। रमेश गिरीलाई अदालतले एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका सूचना अधिकारी राजेन्द्र प्रसाद धमलाले जानकारी दिए।

धमालाका अनुसार न्यायाधीश सुदर्शन लामिछानेको इजलासले उक्त आदेश दिएको दिएको हो। उर्लाबारी–६ का रमेश गिरीलाई जिल्ला प्रहरी कार्यालय मोरङले आइतबाार उर्लाबारीबाट पक्राउ गरेका थियो। 

गिरीको घरमा डेरा लिएर बसेका साथीको कोठामा सुतेकै रात उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय बास्तोलाको गत पुष ५ गते शंकास्पद अवस्थामा शव भेटिएको थियो। 

प्रहरीले प्रवीनको हत्या आरोपमा ६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।  सोही मुद्दाका प्रतिवादीहरू उर्लाबारी–६ का राजेश रणपहेली, सुदी परियार, दीपेश पौडेल र रमेश गिरी फरार छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.