|

जनकपुरधाम : वैदेसिक रोजगारीका लागि मलेसिया पुगेका धनुषाका एक व्यक्तिको रहस्यमय मृत्यु भएको छ।  धनुषा जिल्लाको कठपुल्लाका २१ वर्षे सन्तोष सिंहको मलेसियाको पुचुङमा उनी बस्दै आएको आवासको प्राङ्गणमै रहस्यम मृत्यु भएको हो।

धनुषाको उत्तरी क्षेत्र कठपुल्लाका सन्तोषको शव झुन्डिएको अवस्थामा भेटिएको सोही स्थानमा काम गर्दै आएका धीरेन्द्र पासवानले जानकारी दिएका छन्। मृतक सिंहका बुबा, आमा र दुई बहिनी छन्।

झण्डै साढे दुई वर्षदेखि मलेसियामा रहँदै आएका सन्तोषको शवलाई सक्दो चाँडो नेपाल फर्काउने प्रयासमा आफूहरू लागेको धीरेन्द्रले जानकारी दिए। सिंह काम गर्ने कम्पनी व्यवस्थापन पक्षले समेत सो घटनालाई गम्भीरतापूर्वक लिएको जनाएका छन्। मृतक सन्तोष निगाई हिंग फाउन्ड्री वर्कर नामक कम्पनीमा कार्यरत थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.