|

उदयपुर : उदयपुरको कटारी नगरपालिका– ७ मा बिहीबार टाटा सुमो गाडीको ठक्करबाट एक पैदल यात्री गम्भीर घाइते भएका छन्। घाइते कटारी नगरपालिका– ७ का ३२ वर्षे वीरछी सरदार रहेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।

प्रहरी निरीक्षक चन्द्रकुमार राजवंशीका अनुसार ना १ ज ३९१९ नम्बरको टाटा सुमो घुमाउने क्रममा पैदल हिँडिरहेका सरदारलाई ठक्कर दिएको थियो। ठक्करबाट घाइते सरदारलाई कटारी अस्पतालमा प्राथमिक उपचार गराई थप उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको राजवंशीले बताए। ठक्कर दिने सुमो र चालक कटारी नगरपालिका– ८ बस्ने पवन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसै गरी कटारी–घुर्मी सडक खण्डमा पर्ने ठाँटीमा ना २ ख १४१ नम्बर तेलको ट्याङ्कर सडकमा अनियन्त्रित भई पल्टिँदा सवारी आवागमनमा अवरोध पुगेको छ। प्रहरीले यसबाट मानवीय क्षति नभए पनि सडक जाम गरेको जानकारी दिएको छ। सडकमा पल्टिएको ट्याङ्कको तेल अर्को ट्याङ्करमा खन्याई सडक खुलाउने काम भइरहेको पनि प्रहरी निरीक्षक राजंशीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.