|

काठमाडौं : बेलायतका लागि नवनियुक्त नेपाली राजदूत लोकदर्शन रेग्मीले पदबहाली गरेका छन् ।

सोमबार लन्डन पुगेका राजदूत रेग्मीले दूतावास पुगेर पदबहाली गरेको दूतावासले जनाएको छ। नवनियुक्त राजदूत रेग्मी बेलायतका लागि नेपालका २१ औं राजदूत हुन्।

निजामती सेवाकै सर्वोच्च स्थान मुख्यसचिवसम्म पुग्नुअघि उनले नेपाल सरकारका अर्थ, गृह लगायतका महत्वपूर्ण मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालेका थिए।

रेग्मी सन् १९९५ मा शाखा अधिकृतका रूपमा निजामती सेवामा प्रवेश गरी २०१७ मा मुख्यसचिव भएका थिए।  लन्डनको हिथ्रो विमानस्थलमा राजदूत रेग्मी दम्पतीलाई लन्डन दूतावासका कर्मचारीले स्वागत गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.