|

काठमाडौं :  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धनुषाको बटेश्वर गाउँपालिकाको अध्यक्षकले बाटोमा फालेको लाखौँ रूपैयाँ बरामद गरेको छ। 

आयोगको केन्द्रीय कार्यालयबाट खटिएकको टोलीले सोमबार अध्यक्ष डम्बरबहादुर राउतले बाटोमा फालेको ८ लाख रुपैयाँ बराबरको रकम बरामद गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए। 

आयोगको टोलीले  प्र–२–०२–००१ झ ०००२ नम्बरको सरकारी नम्बर प्लेटको गाडी र चालकलाई नियन्त्रणमा लिएको छ भने अध्यक्ष राउत फरार छन्।  गाउँपालिका अन्तर्गतको विकास निर्माणका योजनाहरूको कामको भुक्तानी दिन उनले ८ लाख रुपैयाँ कमिसनको रुपमा लिएको अख्तियारको दाबी छ।

अध्यक्ष राउतमाथि १० लाख रुपैयाँ कमिसन मागेको सूचना पाएपछि अख्तियारको टोलीले उनलाई सोमबार दिउँसो साढे ४ बजेदेखि घेरामा हालेर छानविन सुरु गरेको थियो। करिब ३ घण्टाको छानबिन पछि अख्तियारको टोलीले गाडीबाट लाखौँ रकम बरामद गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.