काठमाडौं : सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधन भएको छ।
९० वर्षे सिंहको मंगलबार साँझ ७ बजे काठमाडौं चावहिलस्थित मेडिकेयर अस्पतालमा निधन भएको हो। सिंहको बुधबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारीक स्रोतले जनाएको छ।
सिंह २०५२ साल असोज १० देखि २०५३ साल फागुन तीन सम्म प्रधानन्यायाधीश बनेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।