|

डडेल्धुरा :बिहीबार माध्यामिक शिक्षा परिक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी बिषयको परिक्षा शान्तिपुर्ण वातावरणमा भएको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ।

१२ वटै केन्द्रमा परिक्षा मर्यादित वातावरणमा भएको जिल्ला शिक्षा अधिकारी वसन्त कुमार खत्रीले जानकारी दिए। एसएलसीकै ढाँचामा सञ्चालनको यस वर्ष एईई नाम दिइएको परीक्षाको पहिलो दिन धेरै परीक्षार्थीहरु अनुपस्थित भएको उनले बताए। उनले १ सय २८ विद्यार्थी परीक्षामा अनुपस्थित भएको जानकारी दिए। डडेल्धुरामा ३ हजार १ सय ४९ जना एईई परीक्षामा सहभागी छन्।

नियमित तर्फ २० जना, इक्जाम्टेड तर्फ १४ जना र ग्रेड सुधार तर्फ ९४ जना परीक्षामा अनुपस्थित भएका हुन् । ३२० जना मात्रै ग्रेड सुधारका लागि परिक्षामा सामेल भएको पाईएको छ। ग्रेड सुधारका लागि परीक्षा नदिदाँ पनि फरक नपर्ने सोचेर ठूलो संख्यामा विद्यार्थीहरुले परीक्षा नदिएको हुनसक्ने जिल्ला शिक्षा अधिकारी खत्रीले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.