|

काठमाडौं :  सरकारले आजदेखि कोरोनाविरुद्धको खोप संघीय संसदका सांसदहरुलाई दिने भएको छ। 

उनीहरुलाई काठमाडौंको सिभिल हस्पिटलबाट ३ दिनभित्रमा खोप दिइसक्ने स्वास्थ तथा जनसंख्या  मन्त्रालयले जनाएको छ।   बैठकमा सहभागी हुनुअघि नै सबै सांसद्हरूले खोप अनिवार्य लगाउनुपर्ने नियम बनाइएको संघीय संसद् सचिवालयले जनाएको छ।

संसद भवन नजिकै रहेको नेपाल निजामती अस्पतालमा संसद् सचिवालयका कर्मचारी, मर्यदापालक र सांसद् तथा मन्त्रीका अंगरक्षकसहितलाई समेत खोप लगाइनेछ । आजदेखि ३ दिनभित्र सांसद्हरूलाई खोप लगाउने कार्यतालिका छ ।

सरकारले माघ १४ गतेदेखि कोरोनाविरूद्धको खोप अभियान चलाइएको छ। पहिलो चरणमा दुई पटक गरेर खोप लगाइसकिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोस्रो चरणमा फागुन २३ देखि ५५ वर्षमाथिका जेष्ठ नागरिकलाई खोप दिइनेछ। अशक्त जेष्ठ नागरिकलाई घरमै गएर खोप दिने व्यवस्था पनि मिलाइने मन्त्रालयले जनाएको छ।

सरकारले भारतबाट १० लाख डोज खोप खरिद गरेको छ भने थप ५० लाख डोज खरिदको प्रक्रिया अघि बढेको स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले जानकारी दिएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.