|

बाँके : अग्‍नी रुपन्देही–११ ले दोस्रो टुबोर्ग नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। जीतसँगै रुपन्देहीले पाँच लाख रुपैयाँ पुरस्कार प्रात गर्‍यो। सडेन डेथमा रुपन्देहीले सीमएजी क्लब संकटालाई पराजित गरेको हो। फाइनलमा पराजित भएको संकटाले २ लाख ५१ हजार  प्राप्त गर्‍यो।

निर्धारित समयमा एक-एक गोलको बराबरीमा सकिएपछि टाइब्रेकरबाट खेलको निर्णय गरेको हो। टाइब्रेकरमा रुपन्देहीले ६-५ ले खेल जित्यो। खेलको ६५ औँ मिनेटमा संकटाले अनिल गुरुङको गोलमार्फत अग्रता लिएको थियो। विश्व अधिकारीले डी एरियाभित्र फाउल गरेपछि संकटाले पेनाल्टी पाएको थियो।

खेलको ८९ औँ मिनेटमा शिव सुवेदीले गोल गरेपछि खेल बराबरी भएको थियो। त्यसपछि खेललाई सिधै ट्राइबेकरमा लगिएको थियो। टाइब्रेकरमा संकटाका सुशील केसी, कालुदीप कार्की, भुषण सुब्बा, विश्व अधिकारीले गोल गरे। रुपन्देहीका कालु थापा, उत्तम गुरुङ, गौरव बुढाथोकी, लक्ष्मण रुचाल, शिव सुवेदी र अजय थापाले गोल गरेका थिए।

रुपन्देहीका अजय विकको प्रहार संकटाका किपर अजय महर्जनले रोकेपछि संकटा जित नजिक पुगेको थियो। तर,अन्त्यमा पेनाल्टी प्रहार गर्न आएका कप्तान रवि सिलवालले बललाई जाली चुमाउन सकेनन्। त्यसपछि सडेन डेथबाट मात्रै विजेताको छिनोफनो भयो, जहाँ रुपन्देहीले बाजी मार्‍यो।

प्रतियोगितामा म्यान अफ द सिरिज रुपन्देहीका अमर डंगोल भए । उनले सुजुकी बाइक पाए। त्यस्तै, उत्कृष्ट गोलकिपर संकटाका अजय महर्जन, रक्षकमा रुपन्देहीका मुसा, मिडफिल्डरमा रुपन्देहीका गौरव बुढाथोकी, फरवार्डमा संकटाका मार्टिनले पाँच-पाँच हजार पुरस्कार पाए। उत्कृष्ट प्रशिक्षकको पुरस्कार संकटाका सल्यान खड्गीले पाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.