|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले पनि कोरोनाविरुद्धको खोप लगाएका छन्।

नयाँ बानेश्वरस्थित निजामती अस्पतालमा पुगेर अध्यक्ष नेपालले खोप लगाएका हुन्। प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई आजदेखि कोरोना खोप लगाउन सुरु गरिएको हो। 

संसद सचिवालयबाट खोप लगाउन सांसदसहित १५ सय जनाको विवरण स्वास्थ्य मन्त्रालयमा पठाएको थियो। मन्त्रालयले सांसद तथा कर्मचारीहरुलाई  आज, भोलि र पर्सि खोप लगाउने कार्यक्रम छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.