|

काठमाडौं : काठमाडौं महानगरपालिकाले कोभिड-१९ विरुद्धको खोप लगाउनका लागि १५ खोप केन्द्र तोकेको छ। नगरपालिकाले एक सूचना जारी गर्दैै नगरपालिकाका ३२ वटै वडाका लागि खोप केन्द्र तोकिएको जानकारी दिएको हो।

५५ वर्षभन्दा माथिका नागरिकले फागुन २३ गतेबाट २८ गतेसम्म खोप लगाउन पाउनेछन्। नगरपालिकाको शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु,वीर अस्पताल,क्षेत्रपाटी नि:शुल्क चिकित्सालय,परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल,निजामती कर्मचारी अस्पताल,मदरल्याण्ड अस्पताल सिनामंगल पेप्सिकोला तोकिएको छ।

त्यस्तै, ओम अस्पताल एण्ड रिसर्च सेन्टर,इस्तुपा अस्पताल बौद्ध,शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र,त्रिवि शिक्षण महाराजगञ्ज,हिमाल अस्पताल नक्साल,नेपाल प्रहरी अस्पताल,वीरेन्द्र सैनिक अस्पताल छाउनी र जनमैत्री अस्पताल बालाजु खोप केन्द्र तोकिएको छ।

‘५५ वर्षभन्दा माथिका उमेर समूहका उमेर खुल्ने फोटोसहितको परिचय (नागरिकता,मतदाता परिचय पत्र,सवारी चालक परिचय पत्र) चाहिनेछ,’सूचनामा भनिएको छ,‘महाविद्यालय विद्यालयका प्राध्यापक शिक्षक तथा कर्मचारीहरूका लागि परिचय पत्र चाहिनेछ। सार्वजनिक यातायातका चालक सहचालकहरूका लागि आफ्नो परिचय खुल्ने फोटोसहितको परिचयपत्र र सिफारिस पत्र चाहिनेछ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.