|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्तिको गलत प्रचार भएको बताएका छन्। 

पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले भने, ‘हामीले देशभित्र एकताबद्ध भयौँ भने सबैले सम्मान गर्छ भनेको हुँ। चीन र भारत सबैले त्यसको सम्मान गर्छ भनेको थिएँ। तर, त्यसलाई कुप्रचार गरियो। त्यसतर्फ सबैको ध्यान जाओस्।’

प्रचण्डले शुक्रबार एक टेलिभिजनसँगको अन्तर्वार्तामा नेकपा प्रचण्ड–माधव समूह, कांग्रेस र जसपा मिलेर सरकार बनायो भने भारतलाई कम्फर्टेबल हुन्छ भन्ने अभिव्यक्ति दिएका थिए।  

‘नेपाली कांग्रेस, हामी र जनता समाजवादी पार्टी मिलेर जाँदा चेक एन्ड ब्यालेन्स पनि हुन्छ देशको राजनीति। सन्तुलनमा बस्छ। सबै छिमेकीहरुसँगको सम्बन्ध पनि राम्रो भएर जान्छ। भारत र चीनसँग पनि राम्रो सन्तुलन हुन्छ । अझ भारतसँग हाम्रो विशिष्ट सम्बन्ध छ’ प्रचण्डले भनेका थिए, ‘भारतसँग राम्रो समझदारी नबनाइकन पनि नेपालमा स्थायित्व र विकास त हुँदैन। त्यसैले म के देख्छु भने नेपाली कांग्रेस, हामी र जनता समाजवादी पार्टी मिल्नु भनेको भारतका निम्ति पनि योभन्दा कम्फर्टेबल समीकरण हुँदैन। चीनका निम्ति पनि यो कम्फर्टेबलै हुन्छ।’

यस्तै, बैठकमा ओली समूहमा रहेका नेताहरुलाई कुप्रचारको पछि नलागेर पार्टी र काममा फर्किन आग्रह समेत गरेको स्थायी कमिटी सदस्य भीम रावले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.