|

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले आगामी चैत २० गतेभित्रमा सिसिक्यामेराको फुटेजसहित उत्तरपुस्तिका शिलबन्दी गरेर पठाउन परीक्षा केन्द्रलाई निर्देशन दिएको छ। त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले आज सूचना जारी गरेर वार्षिक परीक्षाको सिसिक्यामेराको दृश्यसहित उत्तरपुस्तिका त्रिविमा पठाउन निर्देशन दिएको जानकारी दिए।

‘परीक्षा र उत्तरपुस्तिकामा धाँधली नहोस् भनेर यस्तो निर्णय गरेका हौँ,’उनले भने,‘उत्तरपुस्तिका सिलबन्दी गर्ने कक्ष र प्रवेशद्वारको सबै दृश्य आउनेगरी डेढ महिनासम्म रेकर्ड गर्न मिल्ने सिसिक्यामेरा जडान गरी सबै फुटेज चैत २० गतेभित्र बुझाउन केन्द्रलाई पत्रमार्फत जानकारी गराएका छौँ।’ 

उनले आगामी दिनमा पनि सिसिक्यामेरा जडान गरेर मात्रै परीक्षा सञ्चालन गर्ने र केन्द्रले क्यामेरा जडान नगरे परीक्षाको लागि परीक्षा केन्द्रबाट वञ्चित गरिनेसमेत उनले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.