|

तमिलनाडुमा एक बाबुले तन्त्रमन्त्रका कारण आफ्नो पाँच बर्से छोरालाई जिउँदै जलाएर हत्या गरेका छन्।

यो घटना तमिलनाडुको तिरुवरुर जिल्लाको नन्निलाम क्षेत्रको हो। २९ वर्षीय ओटोरिक्सा चालकले छोरालाई मारेका भारतीय सञ्चारमाध्यमले लेखेका छन्। स्थानीय प्रहरीका अनुसार बालकका बुवा तन्त्र विद्यामा निकै विश्वास मान्दथे। 

एक तान्त्रिकले ती बुवालाई आफ्ना छोरालाई आफूबाट टाढा राख्न सल्लाह दिएका थिए। ती तान्त्रिकले उनको छोराकै कारण गरिबी अवस्था आएको भनी दोषी ठहर्‍याएका थिए। छोराप्रति रिसाउन थालेका उनले त्यसपछि आफ्ना छोरालाई आगोमा जलाएका प्रहरीको दाबी छ। 

आरोपी अटो ड्राइभर रामकी नामले त्यहाँ चिनिन्छन्। स्थानीयका अनुसार रामकी तान्त्रिक विद्यामा निकै भरोषा गर्थे। उनको घरमा प्राय तान्त्रिकहरू आउने गरेका पनि स्थानीयले प्रहरीलाई बताएका थिए।

तान्त्रिकले रामकीलाई छोराकै कारण जीवन कठिन छ भनेका पनि प्रहरीले खुलाएको छ। तान्त्रिकले १५ वर्षसम्म छोरालाई अलग्गै राख्न पनि सु्झाएका तर श्रीमतीले यसप्रति आपत्ति जनाएपछि उनले छोरालाई आगोमा हालेको पनि रामकीले प्रहरीसमक्ष बताएका समाचारमा जनाइएको छ। 

द हिन्दुका अनुसार तान्त्रिकको सल्लाहलाई लिएर रामकीले श्रीमतीसँग २५ फेब्रअरीमा झगडा पनि गरेका थिए। सोही दिन रामकीले रक्सीको नसामा श्रीमतीसँगको रिस छोराको हत्या गरेका पोखेका समाचारमा उल्लेख छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.