|

काठमाडौ : अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा भएको एक सवारी दुर्घटनामा कम्तिमा १३ जनाको मृत्यु भएको छ।

उनीहरुमध्ये १० जना मेक्सिकन नागरिक नै थिए। ट्र्याक्टर र ट्रेलर आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो। मेक्सिको सीमा नजिकै दक्षिणी क्यालिफोर्निया सडकमा दुर्घटना भएको हो।

अमेरिकी अध्यागमन र भन्सार कार्यालयले उक्त दुर्घटनामा मानव तस्करी पनि थियो कि भनेर अनुसन्धान गरिरहेका छन्। यस क्षेत्रबाट यसअघि मानव तस्करहरु पनि सक्रिय हुने भएकाले घटनाबारे गहन अनुसन्धानको अपेक्षा गरिएको छ। ६८ वर्षीय चालक भने दुर्घटनामा घाइते भइ अस्पताल भर्ना भएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.