|

काठमाडौं : भारतले तीनवटा सांस्कृतिक सम्पदाको पुनर्निर्माणका लागि २४ करोड ६ लाख सहयोग गर्ने भएको छ।  

भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रमुख र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय परियोजना कार्यान्वयन इकाई (भवन) का परियोजना निर्देशकले सहयोगसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। 

यो रकमले ललितपुरस्थित जेष्ठ वर्ण महाविहार तथा सिन्धुपाल्चोकस्थित सुलीझ्याङ गुम्बा र शेरमाथाङ गुम्बाको पुनर्निमाण गरिने भारतीय दूतावासले जनाएको छ। 

इण्डियन नेसनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेजले जेष्ठ वर्ण महाविहारको पुनर्स्थापनाका लागि प्राविधिक सहयोग गर्नेछ भने बाँकी दुई परियोजनाको कार्यान्वयन केन्द्रीय परियोजना कार्यान्वयन इकाई (भवन) ले गर्नेछ। 

यी तीन सांस्कृतिक सम्पदाको २०७२ सालमा गएको भुकम्पले क्षती पुर्‍याएको थियो। भारत सरकारले नेपालका आठ जिल्लामा २८ वटा सांस्कृतिक सम्पदाको संरक्षण, पुनर्स्थापना र पुनर्निर्माणका लागि ५ अर्ब ८० करोड सहयोग गर्ने प्रतिबद्धता गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.