|

काठमाडौं :  नेपाली सेनाको ‘अपरेशन महाहण्ट ७’ अन्तर्गत कोशीटप्पु वन्यजन्तु आरक्षबाट एक जनालाई हतियार र ज‌ंगली जवारको आलो मासुसहित पक्राउ गरेको छ। 

आरक्षणको रेन्ज पोष्ट भगवानपुरबाट खटिएको नेपाली सेना र आरक्षका कर्मचारी सहितको संयुक्त पेट्रोल टोलीले उदयपुरको वेलका नगरपालिका वडा नं २ स्थित भागलपुर बस्ने सुक्रमान राईलाई पक्राउ गरेको हो।

सोही नगरपालिका  मोरीयाधार इलाकाबाट उनलाई विभिन्न हतियारसहित पक्राउ गरेर कारवाहीको लागि कोसीटप्पु वन्यजन्तु आरक्ष कार्यालय, पश्चिम कुशाहा बुझाइएको छ।

 उनको साथबाट भरुवा बन्दुक, सिसाको गोली, बारुद, जंगली जनावर लगुनाको मासु लगायत बरामद भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.