|

काठमाडौं : सुनको भाउ बिहीबार घटेको छ।  आज सुन तोलामा एक हजारले घटेको हो। 

छापावाला सुन प्रतितोला ८६ हजार ५०० रहेको रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ।  बुधबार छापावाला सुन प्रतितोला ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै तेजावी सुन प्रति तोला  ८६ हजार ५० रुपैयाँ कायम भएको छ। चाँदीमा पनि प्रतितोला ३० रुपैयाँले गिरावट आएको छ।  चाँदीको मूल्य प्रतितोला १२ सय ८५ रुपैयाँ कायम भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.