|

काठमाडौं : बागमती नदी किनारको सौन्दर्यीकरण (ब्युटिफिकेसन) पाँच वर्षदेखि अलपत्र छ। स्थानीयले जग्गाकोे मुआब्जा दाबी गर्दा समयमा काम सम्पन्न हुन नसकेको अधिकार सम्पन्न बागमती सभ्यता एकिकृत विकास समितिले जनाएको छ। 

बागमती नदीको सिनामंगलदेखि गोकर्ण ब्यारेकसम्म खोला वरपर १४ किलोमिटरमा सौन्दर्यीकरण गर्न अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, गुहेश्वरी फाँट र कालिका–रमन–लामा संयुक्त उपक्रम (जेभी)सँग २०७३ मंसिर १ गते नै करिब दुई अर्ब रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको थियो।

ठेक्का सम्झौताअनुसार २०७५ माघ १८ गतेसम्ममा सबै काम सम्पन्न गर्नुपर्ने थियो। तर,काम सम्पन्न हुन सकेन। पछि फेरि म्याद थपियो। म्याद रहेका बेला काम गर्ने वातावरण नमिलेपछि ठेकेदारले ठेक्का रद्द गर्न माग गर्दै बागमती सभ्यता एकीकृत विकास समितिलाई लिखित पत्र पठायो। त्यसपछि झनै काम अलपत्र भयो। 

बागमती सभ्यता एकीकृत विकास समितिका सूचना अधिकारी कमल अर्यालका अनुसार कामलाई फेरि तीव्रता दिनको लागि ठेक्का प्रकृयाका लागि छलफल चलेको छ। उनले भने,‘अब कसलाई कामको लागि ठेक्का दिने भन्ने विषयमा हिजो छलफल भयो। पहिलाकै ठेकेदार कम्पनी कामका लागि सकरात्मक देखिएको छ। पुन: सरकारी टोलीसँग बैठक बसेर निर्णय टुग्याउँछौँ।’ 

समितिका अनुसार अहिलेसम्म एक अर्ब ४० करोड रुपैयाँ खर्च भैसकेको छ। तर,अहिले सम्म जम्मा ७६ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ। अझै मुख्य फुटपाथमा ढुंगा हाल्ने तथा छाप्ने, दुबो हाल्ने र सोलार बत्ती जडान गर्ने काम अझै बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.