सांसदहरूले आज पनि कोभिड १९ विरुद्धको खोप लगाउँदै

|

काठमाडौं :  प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई कोभिड १९ कोरोना भाइरस विरुद्धको खोप दिने काम जारी राखिएको छ। बुधबारदेखि सिभिल हस्पिटल नयाँ बानेश्वरमा प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरुलाई कोभिड १९ कोरोना भाइरस विरुद्धको खोप दिन शुरु गरिएकोमा बुधबार अनुपस्थित सांसदहरुलाई बिहीबार पनि खोप दिईएको छ।

बिहीबार राष्ट्रियसभा सदस्य वामदेव गौतम लगायतका सांसदहरुले कोभिड १९ कोरोना भाइरस विरुद्धको खोप लगाएका छन्। खोप लगाइसकेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदैँ राष्ट्रिय सभा सदस्य गौतमले खोपबाट केही हुन्छ कि भनेर ज्येष्ठ नागरिकले रत्तिभर पनि शंका गर्नु नपर्ने बताए।

परिवार र समाजको सुरक्षाको निम्ति कोभिड विरुद्धको खोप लगाउनैपर्ने उनको भनाई छ। उनले भने, ‘ज्येष्ठ नागरिकले रत्तिभर शंका गर्नु हुँदैन केही हुन्छ कि भनेर। झन बलियो हुन, झन एन्टिबडी निर्माण गरेर कोरोनाले छुन पनि नसक्ने बनाउँछ। कसैले पनि चिन्ता गर्नु पर्दैन। कुनैपनि हालतमा लगाउनुपर्छ। हाम्रो समाजको सुरक्षाको निम्ति, प्रत्येक परिवारका सदस्यको सुरक्षाको निम्ति लगाउनुपर्छ।’

बिहीबार संघीय संसद सचिवालयका कर्मचारीहरु, स्वकिय सचिव लगायतका कर्मचारीहरु र ट्राफिक, बम डिस्पोजल, कुकुरबाट चेकजाँच गर्ने लगायतका सुरक्षाकर्मीलाई खोप दिइने संघीय संसद सचिवालले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.