|

काठमाडौं : महिला हस्तकला मेला फागुन २२ गतेदेखि हुने भएको छ। नेपाल हस्तकला महासंघ र ललितपुर महानगरपालिकाले संयुक्त रुपमा आयोजना गरिने मेला फागुन २२ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने भएको हो।

बिहीबार नेपाल हस्तकला महासंघ र ललितपुर महानगरपालिकाले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै महिला हस्तकला मेला २०७७ हुने जानकारी गराएका हुन्। हस्तकलाको प्रवद्र्धन महिला सशक्तीकरणको सम्र्बद्धन भन्ने नारासहित हुने भेलामा नेपाली उत्पादन तथा नेपालको पहिचान झल्कने गरी स्टलहरु राखिने भएको छ।

मेलामा साना ठूला गरी ५० भन्दाबढी स्टलहरु रहने बताइएको छ। मेलामा नेपाली ढाका, बाँस, काष्ठकला, गरगहना, कपडा, सीसा, धातु तथा कागजबाट बनाइएका सामानहरुको प्रदर्शन हुनेछ। हस्तकला मेला ललितपुर महानगरपालिका अगाडिको खाली स्थानमा हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.