|

गुल्मी : गुल्मीको भाडगाउँमा २१ वर्षीय युवती हत्याका अभियूक्तलाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्लाको रेसुंगा नगरपालिका–३ भाडगाउँमा २१ वर्षीया सम्झना बोहराको हत्याको आरोपमा ४७ वर्षीय लालबहादुर खत्रीलाई प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो।

सम्झनालाई लालबहादुरले हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए। हत्या किन र कसरी गरेको भन्ने कारण नखुलेको पाण्डेले बताए।

सम्झना गत माघ २९ गते रातिदेखि बेपत्ता भएकी थिइन्। लालबहादुरले २९ गते नै हत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। प्रहरीका अनुसार बेपत्ता भएकी युवतीको खोजतलास गर्दा अभियुक्त लालबहादुरको सक्रियता बढेको देखेर उनीमाथि अनुसन्धान केन्द्रित गरिएको थियो।

‘लालबहादुरले नै शवको गन्ध आएको भनेर स्थानीय जनप्रतिनिधिलाई खबर गरेका थिए’ पाण्डेले भने,‘उनैलाई शंकाको घेरामा राखेर अनुसन्धान गर्दा हत्या स्वीकार गरेका छन्।’ अभियुक्तलाई जिल्ला अदालत गुल्मीबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बेपत्ता भएको १८ दिन पछि फागुन १७ गते सम्झनाको शव घरनजिकैको झाडीमा टाउको बोरामा र बाँकी भाग स्याउला र ढुंगाले ढाकेको अवस्थामा फेला परेको थियो। सम्झना बेपत्ता भएको दुई दिनपछि सासु तोमकली खत्री घर नजिकै खनियाको रुखमा झुन्डिएको अवस्थामा फागुन २ गते फेला परेकी थिइन्। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.