|

सल्यान : ट्याक्टर दुर्घटनामा परी गम्भीर घाइते एक जनाको उपचारको क्रममा मृत्यु भएको छ।  रुकुम मुरु गाविस-२ का १९ वर्षीय भीमबहादुर सिर्पाइलीको मेडिकल कलेज कोहलपुरमा शुक्रबार बिहान ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

गएराति सल्यान खलंगाबाट श्रीनगर जाँदै गरेको रा १ त १८८९ नम्बरको ट्याक्टर खलंगानजिकै दुर्घटना भएको थियो। ट्याक्टर चालक सल्यान शारदा नगरपालिका-२ का २७ वर्षीय हरि नेपालीको उपचार जिल्ला अस्पताल सल्यानमा भइरहेको छ। ट्याक्टर सडकबाट झण्डै २ सय मिटर तल खसेको थियो।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.