|

काठमाडौं : म्यान्चेस्टर युनाइटेड ३२ वर्षपछि युरोपा लिगको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। यसक्रममा उसले रसियन टोली एफसी रोस्तोभलाई २-१ ले पछि पार्‍यो।

पहिलो लेग १-१ को बराबरीमा सकिएको थियो। गएराति आफ्नै घरेलु मैदानमा भएको दोस्रो लेगमा युनाइटेडले १-० को संघर्षपूर्ण नतिजा निकाल्यो। युनाइटेडको जितमा एकमात्र गोल हुवान माटाले गरे।

युरोपा लिग युरोपीयन लिगका मिड टेबल टिमहरुले खेल्ने प्रतियोगिता हो। म्यान्चेस्टर युनाइटेडले प्राय च्याम्पियन्स लिग खेल्ने गरेकाले पनि यो प्रतियोगितामा ३२ वर्ष ठूलो ग्याप भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.