प्रचण्ड–माधव समूहको आज, ओली समूहको २३ गते

|

काठमाडौंः संसद पुनः स्थापना भएसँगै नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुबै समूहले संसदीय दलका बैठक बोलाएका छन्। गत पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेसँगै कानुनी बाहेक नेकपा दुई समूहमा अलग भएको हो ।

संसद विघटनको मुद्धा सर्वोच्च अदालतले बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो। सोहि अनुसार मन्त्रीपरिषद्को सिफारिसमा २३ गते राष्ट्रपतिले संसदको बैठक आह्वान गरेकी छन्। संसद पुनः स्थापना भई बैठक आह्वान भएपछि नेकपाका दुबै समूह कसरी अगाडी बढ्ने भनेर छलफलमा जुटेका हुन्। त्यसैको तयारीस्वरुप उनीहरुले संसदीय दलको बैठक बोलाउन हानथाप नै थालेका छन्।

प्रचण्ड–माधव समूहले आज दलको बैठक बोलाएको छ । दिउँसो १ बजे सिंहदरबारमा दलको बैठक बोलाइएको सांसद देव गुरुङले जानकारी दिए। यसअघि नै प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिसकेको यो समूहले उक्त प्रस्ताव फिर्ता लिएर, अन्य दलसँगको सहकार्यमा संयुक्त प्रस्ताव लैजाने तयारी बारे आजको बैठकमा छलफल हुन सक्ने जनाइएको छ।

त्यसका लागि यो समूहले नेपाली कांग्रेस, र जनता समाजवादी पार्टी नेपालको साथ खोजेको भएपनि उनीहरुले स्पष्ट निर्णय दिएका छैनन्। तर कांग्रेस भित्रबाट यो समूहलाई सरकार निर्माणमा साथ दिन सकिने आवाज पनि आएका छन्।

प्रचण्ड–माधव समूहले फागुन १२ गते पनि दलको बैठक बोलाएको थियो। यसअघि नेकपाको दलका नेता रहेका प्रधानमन्त्री ओलीलाई हटाएर प्रचण्डलाई चयन गरिएको थियो।

प्रचण्ड–माधव समूहले प्रधानमन्त्री केपी ओलीलाई संसदीय दलको नेताबाट हटाएको छ। यहि बुधबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठकले संसदीय दलको नेताबाट ओलीलाई हटाउने निर्णय गरेको हो।

यो समूहले ‘संसदीय दलको नेता, उपनेता, सचेतकलाई हटाएको थियो। त्यसअघि फागुन १४ मा प्रधानमन्त्री ओलीले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई नियुक्त गरेका थिए। केन्द्रीय समिति बैठकले ओली समूहका केही नेतालाई बुधबार निलम्बनको निर्णयसमेत गरेको छ।

विशाल भट्टराई, शान्ता चौधरी, सूर्य थापा, प्रभु साह, महेश बस्नेत र कर्णबहादुर थापालाई निलम्बनको निर्णय गरेको हो।
 

ओली समूहको बैठक २३ गते

नेकपाको ओली पक्षले पनि आइतबार बैठक बोलाएको छ । पुनःस्थापित प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो ४ बजे अघि ३ बजेका लागि ओली समूहले दलको बैठक बोलाएको छ। यो समूहका प्रमुख सचेतक विशाल भट्टराईले नेकपा संसदीय दलका सांसदलाई एसएमएस पठाएका छन्।

भट्टराईले नेकपा दलमा आबद्ध सबैलाई एसएमएस मार्फत खबर गरिएको बताए। संसदीय दलका नेता ओलीले भट्टराईलाई प्रमुख सचेतकमा नियुक्त गरेपछि दाहाल नेपाल पक्षले आपत्ति जनाउँदै उक्त निर्णय कार्यान्वयन गर्न संसद सचिवालयलाई आग्रह गरेको छ । 

ओली समूहलाई मान्यता नदिन सचिवालयमा पत्र

प्रचण्ड–माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्काशन गरेको जानकारी संघीय संसद सचिवालयलाई गराएको छ। प्रचण्ड माधव समुहका सांसदहरु देव गुरुङ, पम्फा भुसाल, सुरेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ र दिनानाथ शर्मालगायत नेता संसद सचिवालय पुगी बिहिबार पार्टीले प्रधानमन्त्री ओलीलाई साधारण सदस्यबाट नै हटाएको पार्टीको निर्णय सम्बन्धी पत्र दर्ता गराएका हुन्।

सो समूहले संसदीय दलको हैसियत गरिने कुनै पनि कार्यलाई मान्यता नदिन पनि संघीय संसद सचिवालयलाई आग्रह गरेको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.