|

काठमाडौं : पूर्वप्रधानमन्त्री टंकप्रसाद आचार्यका छोरा वीरभद्र आचार्यको गीत 'झल्को त्यो गाउँको' सार्वजनिक भएको छ।

सुरशाला युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा अमृत क्षेत्री र ममता गुरुङको आवाज रहेको छ। गीतलाई गाउँको महत्त्वबारे वर्णन गरिएको छ। गीत आचार्यले लेखेका हुन्।

गीतमा एरेञ्ज गगन थापाको रहेको छ। सुव्रत आचार्यले निर्देशन गरेको म्युजिक भिडियोमा विकास लामिछाने र श्रेया सिटौलाको अभिनय रहेको छ। गीतको सम्पादन विकास दाहालले गरेका हुन् भने दृश्य उत्सव दाहालले खिचेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.