|

काठमाडौं : सुनको मूल्य ओरालो लाग्ने क्रम जारी छ। लगातार ओरालो लागिरहेको सुनको मूल्य आज पनि तोलामा ९०० रुपैयाँले घटेको छ।

स्थानीय बजारमा आज छापावाला सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेर तोलामा ८५ हजार ६०० रुपैयाँ मूल्य निर्धारण भएको छ। छापावाला सुन बिहीबार तोलामा ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। 

यसैगरी तेजाबी सुन तोलाको मूल्य ८५ हजार १५० रुपैयाँ निर्धारण भएको छ। तेजाबी सुन बिहीबार तोलामा ८६ हजार ५० मा रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि घटेको छ। बिहीबार तोलामा एक हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी आज भने एक हजार २५० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.