|

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा  शान्तिपूर्ण राजनीतिको बाटोमा आएसँगै अब कुनै पनि राजनीतिक शक्ति संविधान बाहिर नरहेको बताएका छन्। 

ज्ञवालीले आज ट्वीट गर्दै पृथकतावादका पक्षधर सिके राउतपछि विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनु प्रधानमन्त्री केपी शर्मा ओलीको ठूलो उपलब्धि भएको गरेका छन्।  

उनले भनेका छन्,  ‘पृथकतावादका पक्षधर सिके राउत राष्ट्रिय एकता र संविधानको मूल प्रवाहमा समाहित हुनु र सशस्त्र गतिविधिमा संलग्न विप्लव समूह आफ्ना राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा सन्चालन गर्न सहमत हुनु महत्वपूर्ण उपलब्धि हुन्। अब कोही पनि राष्ट्रिय एकता, संविधान र शान्तिपूर्ण राजनीति बाहिर रहेन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.