|

काठमाडौं : सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले जनताको समृद्धिको सपना पूरा गरेरै छाडिने बताएका छन्।

शुक्रबार काठमाडौंको सितला माध्यमिक विद्यालयमा आइटी ल्याब र स्मार्ट बोर्डको शुरुवात गर्दै मन्त्री मानन्धरले जनताको समृद्धिको सपना पूरा हुन नदिन रचिएका सबै षड्यन्त्र समाप्त पारेर अघि बढ्ने बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीको चट्टानी अडानका कारण समृद्ध नेपाल सुखी नेपालीको अभियान अघि बढेको बताउँदै मन्त्री मानन्धरले देशभक्त र जनप्रिय सरकारविरुद्ध देशी विदेशी शक्तिले षड्यन्त्रपुर्ण ढंगले चलखेल गरिरहेको दाबी गरे।

मन्त्री मानन्धरले जनताको चाहनाअनुसार गठन भएको वर्तमान सरकारलाई असफल पार्न रचिएका सबै षड्यन्त्रलाई जनताले नै परास्त गरिदिने दाबी गरे।

नेकपाको आधिकारीकता विवाद केही दिनमै टुंगिने बताउँदै मन्त्री मानन्धरले संसदीय दलमा प्रधानमन्त्री सुविधाजनक बहुमतमा रहेको दाबी पनि गरे।

सर्वोच्चको आदेश पालना गर्दै सरकारले प्रतिनिधिसभाको बैठक बोलाएको बताउँदै मन्त्री मानन्धरले  अबको दुई वर्ष प्रधानमन्त्री ओलीकै नेतृत्वमा सरकार रहने दाबी गरे।

कार्यक्रममा मन्त्री मानन्धरको स्थानिय विकास पुर्वाधार कार्यक्रम र सुचना तथा प्रविधि मन्त्रालयको संयुक्त लगानीमा निर्मित कम्युटर ल्याब र स्मार्ट बोर्डको शुभारम्भ गरिएको छ। सरकारी विद्यालयको स्तर उन्नति र प्रविधिमैत्री बनाउन सरकार लागिपरेको पनि मन्त्री मानन्धरले दाबी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.